काठमाडौं – स्वदेशी लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७५/७६को दोस्रो त्रैमास वित्तीय विवरण सार्बजनिक गरेको छ । सार्वजनिक भएको विवरण अनुसार संस्थाको खुद नाफा ९३.९६% ले वृद्धि गरि २ करोड ६४ लाख ५३ हजार रुपैयाँ कमाएको छ । गत वर्ष यही अवधिमा संस्थाको खुद नाफा १ करोड ३६ लाख ३८ हजार रुपैयाँ मात्र थियो ।
संस्थाले खुद ब्याज आम्दानी ४९.०५% ले बढाएर १० करोड १४ लाख ८० हजार रुपैयाँ पुर्याएको छ भने सञ्चालन नाफा ४ करोड २१ लाख रुपैयाँ पुर्याएको छ ।
संस्थाले ८० करोड ९४ लाख ५२ हजार रुपैयाँ निक्षेप संकलन गरेर २ अर्ब ७२ करोड ९५ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । जगेडा कोषमा १३ करोड ९९ लाख १६ हजार रुपैयाँ जम्मा भएको छ ।
यता, खराब कर्जा १.८७% रहेको छ भने प्रतिसेयर आम्दानी २७ रुपैयाँ ९३ पैसा र प्रतिसेयर नेटवर्थ १६० रुपैयाँ ८३ पैसा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्