काठमाडौँ – हतियारधारी समूहका गतिबिधि बढ्न थालेपछि तराईमा प्रहरीको कारवाही अभियान तीब्र पारिएको छ । नेपाल प्रहरीका प्रमुख आईजीपी सर्वेन्द्र खनालले प्रदेशहरुको निरीक्षणका क्रममा प्रदेश प्रहरी प्रमुखहरुलाई सशस्त्र हतियारधारीले टाउको उठाउन लागेको सूचना आफुले प्राप्त गरेको भन्दै त्यस्ता समुहबिरुद्ध जाइलाग्न निर्देशन दिएसँगै प्रहरी कारवाही आक्रमक बनेको हो ।
बुधबार बिहानै दुई नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको प्रहरी टोलीसँग सप्तरीको रुपनी नजिकै भएको मुडभेडमा ‘मोस्ट वान्टेड’ सूचीमा रहेका दीपेन्द्र जैसवाल मारिएका छन् । प्रहरीलाई देख्ने वित्तिकै जैसवालले फायरिङ गरेपछि प्रहरीले पनि जवाफी फायरिङ गरेको र त्यसक्रममा जैसवालको मृत्यु भएको २ नम्बर प्रदेशका प्रहरी प्रमुख डिआइजी हरि पालले बताएका छन् । जैसवालको टाँउकोमा गोली लागेको थियो ।
सप्तरीमै प्रहरी हवल्दार महेन्द्र चतरी यादवमाथि गोली प्रहार गरेको घटनामा उनको संलग्नता रहेको प्रहरीले जनाएको छ । मोटरसाइकलमा आएका समूहको गोली प्रहारपछि प्रहरी हवल्दार यादव घाइते भएका थिए । सप्तरीको खडक नगरपालिका अन्तरर्गत बोदे बर्साइन जाने बाटोमा ड्युटीमा खटिएका उनीमाथि गोली प्रहार भएको थियो । जैसवालले २०७४ सालमा सप्तरीमै प्रहरीको गाडीमा एम्बुस प्रहार गरेका थिए । जैसवालले २०७२ भदौमा प्रहरी असई रमेश सुब्बाको गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ ।
उनको साथबाट प्रहरीले एकथान पेस्तोल पनि बरामद गरेको जनाएको छ । यसअघि दुई नम्बर प्रदेश प्रहरीको विशेष टोलीले अत्याधुनिक हतियार एसएमजीसहित गोइत समूहका चतुर नारायण चौधरीलाई मंगलबार पक्राउ गरेको थियो । प्रदेश नम्बर २ प्रहरीको विशेष टोली र जिल्ला प्रहरी कार्यालयले चलाएको संयुक्त अप्रेसनमा सिराहाकै धनगढीमाई नगरपालिका–११ का ४६ वर्षीय चतुर नारायण चौधरी पक्राउ परेका थिए । तराईका आपराधिक समूहका गतिबिधीलाई निष्कृय बनाउन डिआईजी पाल आफै खटिएका छन् ।
त्यस्तै, सरकारी कागज कीर्ते गरी अर्बौको जग्गा बिक्री गर्ने रत्न सागर मन्दिरका महन्थ बैकुण्ठ दास वैष्णवलाई डिआईजी पालकै पहलमा पक्राउ गरी मुद्दा चलाइएको थियो भने जिल्ला प्रहरी कार्यालय सिरहाको टोलीले हतियार ओसारपसारमा संलग्न प्रमोद यादवलाई गोली हानी नियन्त्रणमा लिएको छ ।
अहिले प्रहरीले प्रदेश १, २ ३ र ५ मा गम्भीर किसिमका अपराधमा संलग्नलाई देख्नेबित्तिकै गोली हान्ने रणनीति लिएको हो । बाँकेको कोलपुरमा असईमा भर्ना हुन आएका दिपक सिंहको हत्या गरेर फरार रहेका २१ वर्षिय युवराज गिरीमाथि इलाका प्रहरी कार्यालय कोहलपुरकाका प्रमुख प्रहरी नायव उपरिक्षक (डिएसपी) रमेशबहादुर सिंहको टोलीले केही दिन अगाडि गोली प्रहार गरी पक्राउ गरेको थियो ।
रुपन्देहीमा पनि प्रहरीको जवाफी कारवाहीमा अर्का मोस्ट वान्टेड केदार सहनी मारिएका थिए । सिद्धार्थनगर नगरपालिका–४ मा प्रहरीसँग उनको दोहोरो भिडन्त भएको थियो । मोटरसाइकलमा रहेका सहनीले प्रहरीमाथि नै गोली हानेपछि जवाफी फायरिङ गर्दा उनको मृत्यु भएको थियो । अपहरण, हत्यालगायत विभिन्न अपराधमा संलग्न उनी २०६६ मा उनी कपिलवस्तु कारागारबाट सुरुङ खनेर भागेका थिए । जनतान्त्रिक मुक्ति मोर्चा आजाद समूहमा आबद्ध रही सहनी रुपन्देही, कपिलवस्तु, नवलपरासीलगायत विभिन्न जिल्लाका व्यापारी धम्क्याएर चन्दा असुली गर्दै आएका व्यक्ति हुन् । (यूनाइटेड पोस्ट साप्ताहिक )
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्