काठमाडौं – तिनाउ विकास बैंकको आर्थिक वर्ष २०७५/७६को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक भएको विवरण अनुसार बैंकको खुद नाफा १.९४% ले वृद्धि गरेर ४ करोड ७ लाख ४८ हजार रुपैयाँ कमाएको छ । गत वर्ष तिनाउले ३ करोड ९९ लाख ७१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
यता बैंकको खुद ब्याज आम्दानी १९.६४% बढोत्तरी गरेर ९ करोड ६० लाख ७८ हजार रुपैयाँ आर्जन गरेको छ भने सञ्चालन नाफा ५.५८% वृद्धि गरेर ५ करोड ४९ लाख १३ हजार रुपैयाँ पुर्याइएको छ ।
यस त्रैमास सम्ममा बैंकको निक्षेप संकलन ५ अर्ब १७ करोड ३८ लाख २ हजार रुपैयाँ रहेको छ भने ४ अर्ब ४१ करोड २३ लाख ५५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । यता बैंकको चुक्ता पुँजी ५० करोड ६ लाख ३४ हजार रुपैयाँ छ भने जगेडा कोषमा १८ करोड ७६ लाख ५१ हजार रुपैयाँ रहेको छ ।
बैंकको खराब कर्जा ०.४६% रहेको छ भने प्रतिसेयर आम्दानी १६ रुपैयाँ ०८ पैसा र प्रतिसेयर नेटवर्थ १३७ रुपैयाँ ०२ पैसा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्