काठमाडौं : युनाइटेड फाइनान्सले आर्थिक वर्ष २०७५/७६को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक भएको विवरण अनुसार कम्पनीको खुद नाफा २१९.२०% ले बढोत्तरी गरेर ३ करोड ३३ लाख ४० हजार रुपैयाँ पुर्याएको छ भने गत वर्षको यसै अवधिमा १ करोड ४ लाख ४५ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो ।
कम्पनीको खुद ब्याज आम्दानी ५१.२६% ले वृद्धि गरी १४ करोड १ लाख ४४ हजार रुपैयाँ आर्जन गरेको छ भने सञ्चालन नाफा १ करोड ८६ लाख ९ हजार रुपैयाँ आर्जन गरेको छ ।
यता, कम्पनीले निक्षेप संकलन ५ अर्ब ९७ करोड ७० लाख २ हजार रुपैयाँ गरेर ५ अर्ब ३४ करोड २९ लाख ५८ हजार रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा २१ करोड ६८ लाख ९५ हजार रुपैयाँ जम्मा भएको छ ।
कम्पनीको खराब कर्जा ०.९९% रहेको छ भने प्रतिसेयर आम्दानी ८ रुपैयाँ ३३ पैसा र प्रतिसेयर नेटवर्थ १२७ रुपैयाँ ९ पैसा रहेको छ ।




Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्