Skip to content
LAXMI SUNRISE BANK

युनिभर्सल पावर कम्पनीको २१ लाख ३५० कित्ता आइपिओ भर्ने आज अन्तिम दिन, कहाँ जाने भर्न ?

अर्थ सरोकार

आइपिओ नोटिस :
कम्पनी : युनिभर्सल पावर कम्पनी
खुला भएको मिति : पुस १५ गते, आइतबार
कित्ता : २१ लाख ३५० कित्ता
प्रति कित्ता मूल्य : १०० 
भर्न पाइने न्यूनतम कित्ता : ५० कित्ता
भर्न पाइने अधिकतम कित्ता : ५ लाख कित्ता
विवरण : 
युनिभर्सल पावर कम्पनीले २१ लाख ३५० कित्ता आइपीओ भर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले आइपिओ बिक्रि गर्ने थप गरेको समयको पनि आज अन्तिम दिन रहेको छ।
पहिलो चरणमा कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि आइपीओ बिक्री गर्न लागेको हो । यसमा दोलखा जिल्लाका गैरिशंकर, कालिञ्चोक र विगु गाउँपालिकाका स्थानीयले पुस २९ गतेसम्म आवेदन दिन सक्नेछन् ।
आवेदन दिन सकिने शाखाहरु :
सिटिजन्स, एनआइसी एसिया, सिद्धार्थ र कृषि विकास बैंकको तथा महालक्ष्मी विकास बैंकको चरिकोट शाखाबाट ।
सिन्धु विकास बैंकको मुडे, चरिकोट र सिंगटी शाखा तथा हिमालयन बैंकको गौरिशंकर शाखाबाट ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK