काठमाडौं : अपर तामाकोशी हाइड्रोपावरको सेयर कारोबार खुला भएको छ । नप्सेले तामाकोशीको पहिलो कारोबारका लागि ७४ रुपैयाँ ८९ पैसादेखि २२४ रुपैयाँ ६७ पैसा ओपन रेन्ज दिएको छ । कम्पनीको पहिलो सेयर कारोबार यही रेन्जभित्र रहेर हुनेछ ।
तामाकोशीले पहिलो कारोबारका लागि पाएको मूल्य हालै सेयर सूचीकरण गराएको ५ रेटिङ पाएको जोशी हाइड्रोपावरको भन्दा थोरै हो । ५ रेटिङ पाएको जोशीले पहिलो कारोबारका लागि ९३ रुपैयाँ ६७ पैसादेखि २८१ रुपैयाँ १ पैसा रेन्ज पाएको थियो ।
अपर तामाकोशीले सेयर कारोबारका लागि ‘युपीपीइआर’ संकेत पाएको छ । कम्पनीले १० करोड ५९ लाख कित्ता सेयर बिहीबार सूचीकरण गराएको थियो । सर्वसाधारण लगानीकर्ता तथा सञ्चयकर्ताहरुले नेप्सेमार्फत यो सेयर बिक्री गर्न सक्नेछन् । तर स्थानीय बासिन्दाले किनेको सेयर भने ३ वर्षसम्म कारोबार हुनेछैन । तामाकोशीको सेयर लगानीकर्ताको डिम्याट खातामा समेत आइसकेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्