काठमाडौं – वोमी माइक्रोफाइनान्स वित्तीय संस्थाले आर्थिक वर्ष २०७५/७६को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक भएको छ । सार्बजनिक भएको विवरण अनुसार संस्थाले खुद नाफा ४१.९६% वृद्धि गरेर २ करोड ६२ लाख ५३ हजार रुपैयाँ कमाउन सफल भएको छ। गत वर्ष खुद नाफा १ करोड ८४ लाख ९२ हजार रुपैयाँ आर्जन गरेको थियो।
संस्थाको खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमस: ५७.२१% र ४१.९६% बढोत्तरी गरेको छ। संस्थाको गत आवको यही अवधिमा ३ करोड ७० लाख ४९ हजार रहेको खुद ब्याज आम्दानी यो वर्ष ५ करोड ८२ लाख ४६ हजार पुर्याउन सफल भएको छ । यस्तै, संस्थाले सञ्चालन नाफा ४ करोड १२ लाख ५४ हजार रुपैयाँ पुर्याएको छ ।
कम्पनीले ५० करोड ८३ लाख ७ हजार निक्षेप संकलन गरी १ अर्ब ४६ करोड ९६ लाख ९७ हजार रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा ७ करोड ५५ लाख ४६ हजार रुपैयाँ रहेको छ । संस्थाको खराब कर्जा ०.७३% रहेको छ भने प्रतिसेयर आम्दानी ५१ रुपैयाँ ९४ पैसा र प्रतिसेयर नेटवर्थ १७४ रुपैयाँ ७३ पैसा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्