काठमाडौं – आरम्भ माइक्रोफाइनान्सले आर्थिक वर्ष २०७५/७६ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार संस्थाले खुद नाफा ४९७.७२% वृद्धि गरि ३१ लाख ५० हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसै अवधिमा ५ लाख २७ हजार रुपैयाँ मात्र नाफा कमाएको थियो ।
संस्थाको खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमस: ३५.३६% र २९१.६४% वृद्धि गरेको छ । । गत वर्ष १ करोड ८ लाख २० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाले यो त्रैमासमा बढाएर १ करोड ४६ लाख ४६ हजार रुपैयाँ पुर्याएको छ । सञ्चालन नाफा १८ लाख ८ हजार रुपैयाँबाट बढेर ३४ लाख ३५ हजार रुपैयाँ पुगेको छ ।
यो दोस्रो त्रैमासमा संस्थाले १३ करोड १० लाख ८६ हजार रुपैयाँ निक्षेप संकलन गरेर ४० करोड ८४ लाख १ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । संस्थाको चुक्ता पुँजी ६ करोड रुपैयाँ रहेको छ।
जगेडा कोषमा २ लाख ६ हजार रुपैयाँ रहेको छ। जगेडा कोमा १०४.१३% ले वृद्धि भएको हो । संस्थाको प्रतिसेयर आम्दानी १० रुपैयाँ ५० पैसा र प्रतिसेयर नेटवर्थ १०० रुपैयाँ ३४ पैसा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्