×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

आशा लघुवित्तको आइपीओ दिउँसो ३ बजे बाँडफाट हुँदै, कतिले दिए आवेदन ?(नतिजा अर्थ सरोकार डटकममा)

काठमाडौं – आशा लघुवित्त वित्तीय संस्थाको आइपीओ आज (शुक्रबार) दिउँसो ३ बजे बाँडफाट हुने भएको छ ।  उक्त आइपिओ बाँडफाट बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा हुने भएको छ । यो आइपीओमा कुल १ अर्ब १८ करोड ४९ लाख १५ हजार रुपैयाँको आवेदन परेको छ । ३ लाख १३ हजार जनाले १ करोड १८ लाख ४९ हजार १५० कित्ताका लागि आवेदन दिएका हुन् ।
यो आवेदन माग भन्दा पनि १८.८१ गुणा बढी हो । आशाले गत शुक्रबार (माघ १८ गते) देखि ६ लाख ७४ हजार कित्ता आइपीओ बिक्री खुला गरेको हो । जसमा १० हजार ३७० कित्ता कर्मचारी र ३३ हजार ७०० कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको थियो । बाँकी ६ लाख २९ हजार ९३० कित्ता सेयर सर्वसाधारणलाई बेचिएको हो । आशा लघुवित्तको आइपीओलाई केयर रेटिङ नेपालले ‘ग्रेड ४ रेटिङ दिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: