Skip to content
LAXMI SUNRISE BANK

कृषि विकास बैंकको वित्तीय साक्षरता कार्यक्रम मकवानपुरको पालुङमा सम्पन्न

अर्थ सरोकार

काठमाडौँ – कृषि विकास बैंक, पालुङ शाखाले एक दिने वित्तिय साक्षरता कार्यक्रमसम्पन्न गरेको छ । कृषि विकास बैंक, क्षेत्रीय कार्यालय वीरगञ्जका निर्देशक बाबुकाजी थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा बैंकको बित्त तथा लेखा विभागका विभागिय प्रमुख यज्ञ प्रकाश न्यौपानेले उदघाटन गरेका हुन् ।
उक्त अवसरमा बैंकको क्षेत्रिय कार्यालय, वीरगञ्जका निर्देशक बाबुकाजी थापाले वित्तीय साक्षरताको अर्थ र आवश्यकता, नेपालको आर्थिक तथा वित्तीय प्रणाली, वचत गर्दा हुने फाईदा, आदिका बारेमा प्रशिक्षण दिएका थिए । निर्देशक थापाले सहभागीहरुबाट उठेका जिज्ञासाहरुको जवाफ दिंदै सफा नोटको महत्व, समृद्ध देश निर्माणको आधारको रुपमा रहेको विप्रेषण, घरायसी बजेट निर्माणको महत्वको आदिका बारेमा सचेतना समेत लिएका थिए । 
कार्यक्रममा थाहा नगरपालिकाका मेयर लवशेर विष्ट, उपमेयर खड्ग गोपाली, विभिन्न सहकारीका अध्यक्ष, व्यवस्थापक, कलेजका शिक्षक, स्कुलका प्रधानाध्यापक, समाजसेवी, स्थानिय कलेजमा बिबिएस अध्ययनरत १५ जना विद्यार्थी तथा सर्वसाधारण गरी करीब ५० जना सहभागी थिए । 
कार्यक्रमका सहभागीहरुलाई शाखा पालुङका प्रबन्धक विनोद रेग्मीले सहभागीहरुलाई स्वागत गर्दै ५० बर्ष भन्दा बढिको ईतिहास बोकेको कृषि विकास बैंकले जनताका घरदैलोमा पुगी अत्याधुनिक सेवा प्रदान गरिरहेको बताए । साथै, बैंकको मुख्य कार्यालयका केन्द्रिय सुपरिवेक्षक यज्ञ प्रकाश न्यौपानेले बैंकले स्थानिय स्तरमा लामो समय देखी गरेको सेवाका विषयमा प्रकाश पारे । 
त्यसैगरी शाखा पालुङका लेखपालद्धय संगीता थापा तथा निशा थापामगरले उद्यमशीलताको पूर्वाधारको रुपमा रहेको कर्जाका लागि आवश्यक पर्ने कागजात तथा प्रक्रिया, बैंकले हालै ल्याएको निशुल्क सुविधाहरु जस्तैः भिसा कार्ड, मोबाईल बैंकिंग, ईन्टरनेट बैंकिङ, सि आस्वा, डिम्याट खाता आदिका बारेमा जानकारी गराउंदै विभिन्न प्रकारका खाताका प्रकार, बैंकले तयार पारेको जिंगल प्रदर्शन, अत्याधुनिक विद्युतीय बैंकिंग सुविधाका सम्बन्धमा समेत प्रकाश पारेका थिए ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK