×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अजोड इन्स्योरेन्सको खुद नाफा १ करोड २३ लाख रुपैयाँ, प्रति सेयर आम्दानी कति ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

अजोड इन्स्योरेन्सको खुद नाफा १ करोड २३ लाख रुपैयाँ, प्रति सेयर आम्दानी कति ?

Artha Sarokar

२७ माघ २०७५, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – अजोड इन्स्योरेन्सले आर्थिक वर्ष २०७५/७६ को दोस्रो त्रैमसको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक गरेको विवरण अनुसार कम्पनीले खुद नाफा १ करोड २३ लाख रुपैयाँ आर्जन गरेको छ । कम्पनीले यो दोस्रो त्रैमास सम्ममा कुल ३ करोड ७६ लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको छ ।
कम्पनीले हालसम्म खुद ११ लाख रुपैयाँ दाबी भुक्तानी गरेको वित्तीय विवरणमा उल्लेख गरिएको छ । जीवन बिमा कोषमा ६१ लाख रुपैयाँ रहेको यस कम्पनीको महाविपत्ति जगेडा कोषमा २५ लाख रुपैयाँ राखेको छ ।
हाल यस कम्पनीको चुक्ता पुँजी ७० करोड छ भने जगेडा कोषमा २ करोड ४२ लाख रुपैयाँ पुगेको छ । अजोडको प्रतिसेयर आम्दानी १ रुपैयाँ ७७ पैसा र प्रतिसेयर नेटवर्थ १०४ रुपैयाँ ७२ पैसा छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी