काठमाडौं – नेपालगन्ज सव–डिभिजन वन कार्यालय, राँझा, बाँकेमा कार्यरत रेन्जर जगविर खत्रीसहित ४ जना घुससहित पक्राउ परेका छन् ।
निजी नम्बरी जग्गामा लगाएका विभिन्न जातका गोलिया काठहरू टाँचा लगाई छुटपुर्जी दिने प्रयोजनको लागि सेवाग्राहीसँग घुस मागेको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नेपालगन्जस्थित सम्पर्क कार्यालयबाट खटिएको टोलीले खत्रीसहित फरेष्टरद्वय बहादुर केसी, केशव बहादुर वली र वन रक्षक हरी कुमार चन्दलाई १० हजार घुससहित नियन्त्रणमा लिएको हो ।
उनीहरुलाई बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नं १० स्थित सुर्खेत रोडबाट नियन्त्रणमा लिइ अनुसन्धान सुरु गरिएको अख्तियार प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्