दुगड ग्रुपद्वारा उत्पादित ‘आक्वा हन्ड्रेड’ ब्राण्डको मिनरल वाटर (पानी)मा भेटिएको किराको सम्बन्धमा उक्त कम्पनीका प्रमुखलाई झिकाई बयान लिन सरकारी वकिलको कार्यालयले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग बबरमहललाई निर्देशन दिएको छ । आक्वा मिनरल नेपाल प्राइभेट लिमिटेड एचसी दुगड ग्रुपका मुख्य व्यक्ति सञ्जय दुगडलाई नै बोलाएर बयान लिन कार्यालयले निर्देशन दिएको विभागले जानकारी दिएको हो । विभागले पटक–पटक उपस्थित भएर सत्यतथ्यबारे लिखित रुपमा कम्पनीको मुख्य व्यक्ति सञ्जय दुगडलाई पत्र लेखिपठाए पनि सम्पर्कविहीन भएर बसेका छन् । गत माघ १६ गते नै कम्पनीविरुद्ध मुद्दा चलाउन सरकारी वकिलको कार्यालयमा फाइल पठाएको थियो । कार्यालयले आक्वा मिनरल नेपाल प्रालिका मुख्य व्यक्तिउपर आवश्यक अनुसन्धान पूरा गरेर निर्णायार्थ राय पठाउन भनेको छ । किरा परेको पानी बजारमा बिक्री गर्न पठाएको भेटिएपछि उक्त बोतलसहित कम्पनीविरुद्ध उजुरी परेको थियो । उजुरीसँगै विभागले कारबाही अगाडि बढाए पनि कम्पनीले भने नक्कली ल्याबटेष्ट गरी गुणस्तरीय भएको भन्दै बिक्री गरेको थियो ।
कम्पनीविरुद्ध उजुरी परेपछि विभागले पत्र पठाई उपस्थित हुन सञ्जय दुगडलाई निर्देशन दिएको थियो । तर उनी सम्पर्कविहीन भएपछि सरकारले कुनै कारबाही प्रक्रिया अगाडि बढाउन सकेको छैन । यसैक्रममा पछिल्लोपटक सो कम्पनीको सबै अख्तियारी आफूसँग भएको भन्दै कम्पनीका प्रमुख प्रशासकीय अधिकृत रबिनकुमार श्रेष्ठ विभागमा उपस्थित भई बयान दिएका थिए । विभागले श्रेष्ठसँग बयान लिई मुद्दा दर्ताका लागि सरकारी वकिलको कार्यालयमा विवरण पेस गरे पनि रजिष्ट्रार कार्यालयमा श्रेष्ठको कुनै अधिकार नदेखिएको खुलेपछि सरकारी वकिलको कार्यालयले कम्पनी रजिष्ट्रार कार्यालयमा जसको नाममा दर्ता भएको हो, सोही व्यक्तीसँग बयान लिन निर्देशन दिएपछि अहिले दुगडको तीव्र खोजी भइरहेको छ । कम्पनीका अधिकृत श्रेष्ठले विभागमा दिएको बयान भने गोप्य राखिएको छ ।
उनले कम्पनीलाई बदनाम गराउन प्रतिस्पर्धी कम्पनीहरुले बोतलमा फोहोर पानी हालेको दाबी गर्दै आएका छन् । २५ वर्षदेखि सञ्चालनमा रहेको कम्पनी भन्दै उनले कुनै पनि हालतमा किरासहितको पानी बिक्रीका लागि नपठाएको दाबी गरेका छन् । दुगडलाई विभागले तीनवटा पत्र पठाई सात दिनभित्र उपस्थित हुन निर्देशन दिए पनि उनी बयान दिन आएका छैनन् । तर कम्पनीको पानी भने विना रोकावट सिंहदरबारदेखि उच्चपदस्थ कर्मचारीको घर तथा अफिसमा वितरण भइरहेको छ । उक्त ग्रुपले पानीको मूल्य समेत धेरै लिएको आरोप लागेको छ । एचसी दुगड ग्रुपले उत्पादन गरेको ‘के ०१८ व्याच’ नम्बर रहेको पानीमा खुला आँखाले देखिने गरी किरा (साङला) भेटिएको थियो । ‘१४–११–२०१८ मा १४ बजेर ४१ मिनेट’ मा प्याक गरिएको बोटलमा साङ्ला भेटिएपछि दुवै विभागबाट कारबाहीका लागि अनुसन्धान जारी रहेको जनाउँदै आएको छ । – आर्थिक दैनिकबाट
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्