
काठमाडौँ- सरकारले संस्कृति पर्यटन तथा नागरिक उड्यानमन्त्री रविन्द्र अधिकारीलाई राजकीय सम्मान दिने निर्णय गरेको छ । केहीबेर अघि सम्पन्न भएको मन्त्रिपरिषदको बैठकले हेलिकप्टर दुर्घटनाका विषयमा छानविन गर्न ४ सदस्यीय छानविन समिति गठन पनि गरेको छ ।
पूर्वपर्यटन सचिव यज्ञ प्रसाद गौतमको संयोजकत्वमा ४ सदस्यीय छानविन समिति गठन गरेको हो । सरकारले मन्त्री अधिकारीको निधनको शोकमा भोली बिहिबार राष्ट्रिय शोक मनाउदै देशभर र विदेशस्थित कुटनीतिक नियोगमा सार्वजनिक विदा दिने निर्णय पनि गरेको छ ।
यध्यपि सार्वजनिक विदाका दिन बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीहरुलाई बिदा नदिने चलन विकृतिकै रुपमा रहेका बेला भोलि भने बैंकहरु पनि बिदा हुने भएका छन् । विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रमुखहरुले बैंक भोलि बिदा हुने र होलिडे काउन्टरहरुभने खुल्ला रहने बताएका छन् । नेपाल राष्ट्र बैंकका अधिकारीहरुले पानी भोलि सार्वजनिक विदा भएकाले होलीडे काउन्टर बाहेक बैंकका कामहरु नहुने बताएका छन्। यसअघि विभिन्न सार्वजनिक बिदाका दिन बैंकरहरुलाई बिदा नदिने गरिएको थियो ।


Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्