काठमाडौं – बैंक अफ काठमान्डूले आर्थिक वर्ष २०७५/७६ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार बैंकको खुद नाफा ३३.७१% ले वृद्धि गरि ७३ करोड ७५ लाख ४० हजार रुपैयाँ कमाएको छ । गत वर्ष बैंकले ५५ करोड १५ लाख ७९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
बैंकले खुद ब्याज आम्दानी ३५.५४% ले वृद्धि गरेको छ। गत वर्ष १ अर्ब ३० करोड ५२ लाख ७ हजार रुपैयाँ खुद ब्याज आम्दानी रहेको बैंकले यो त्रैमासमा बढाएर १ अर्ब ७६ करोड ९१ लाख १२ हजार रुपैयाँ पुर्याएको छ । सञ्चालन नाफा पनि ७७ करोड ५२ लाख रुपैयाँबाट बढाएर १ अर्ब ४ करोड ८७ लाख ६७ हजार रुपैयाँ पुर्याएको छ ।
यता बैंकले ८० अर्ब २१ करोड ८२ लाख ७७ हजार रुपैयाँ निक्षेप संकलन गरी ७३ अर्ब ५३ करोड ८३ लाख २ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको चुक्ता पुँजी ८ अर्ब ६ करोड ३१ लाख १ हजार रुपैयाँ पुगेको छ भने जगेडा कोषमा ६ अर्ब १२ करोड ४९ लाख ६६ हजार रुपैयाँ रहेको छ ।
यो दोस्रो त्रैमासमा बैंकको खराब कर्जा २.०८% पुगेको छ भने प्रतिसेयर आम्दानी २० रुपैयाँ ८६ पैसा र प्रतिसेयर नेटवर्थ १८६ रुपैयाँ ६० पैसा रहेको छ ।




Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्