काठमाडौं – सेन्चुरी बैंकले आर्थिक वर्ष २०७५/७६ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक भएको छ । सार्वजनिक भएको विवरण अनुसार बैंकले खुद नाफा ५१ करोड ८१ लाख ६८ हजार रुपैयाँ कमाएको छ । यो नाफा गत वर्षको तुलनामा ४१.३७% ले धेरै हो । गत वर्ष यही अवधीमा बैंकको खुद नाफा ३६ करोड ६५ लाख ३१ हजार रुपैयाँ मात्र थियो ।
बैंकले खुद ब्याज आम्दानी ५०.३७% ले वृद्धि गरि १ अर्ब ३३ करोड ९३ लाख ५९ हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष बैंकले ८९ करोड ६ लाख ९० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो। सञ्चालन नाफा ४१.१५% ले वृद्धि गरि ५२ करोड ४० लाखबाट बढाएर ७४ करोड २ लाख ४१ हजार रुपैयाँ पुर्याएको छ ।
यो दोस्रो त्रैमासमा बैंकले ६४ अर्ब १२ करोड ७८ लाख १८ हजार रुपैयाँ निक्षेप संकलन गरी ५८ अर्ब ८९ करोड ८० लाख २४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ६ करोड ३४ लाख ३५ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा १ अर्ब ६४ करोड ४ लाख ७३ हजार रुपैयाँ रहेको छ ।
यता, बैंकको खराब कर्जा ०.८४% रहेको छ भने प्रतिसेयर आम्दानी१२ रुपैयाँ ८५ पैसा र प्रतिसेयर नेटवर्थ भने १२० रुपैयाँ ३४ पैसा रहेको छ ।




Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्