Skip to content
LAXMI SUNRISE BANK

छ्याङ्दी हाइड्रोपावरको खुद नाफा ३३.०२% ले वृद्धि, जगेडा कोष र प्रतिसेयर अम्दानी कति ?

अर्थ सरोकार

काठमाडौं – छ्याङ्दी हाइड्रोपावर कम्पनीले आर्थिक वर्ष २०७५/७६ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक भएको छ । सार्वजनिक भएको विवरण अनुसार कम्पनीको खुद नाफा ३३.०२% ले वृद्धि गरि १ करोड २ लाख ४६१ रुपैयाँ पुर्याउन सफल भएको छ । गत वर्ष यसले ७६ लाख ६७ हजार ९६७ रुपैयाँ खुद नाफा कमाएको थियो । 
यता,कम्पनीले सञ्चालन नाफा पनि २ करोड ६५ लाख २ हजार ४३० रुपैयाँबाट वृद्धि गरी २ करोड ७० लाख ६७ हजार ८०२ रुपैयाँ पुर्याएको छ । बिजुली बेचेर प्राप्त हुने आम्दानी भने ३ करोड २९ लाख रुपैयाँबाट घटेर ३ करोड २२ लाख ५९ हजार ८५५ रुपैयाँमा झरेको छ । 
यो दोस्रो त्रैमासमा कम्पनीको सेयर पुँजी २७ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा १ करोड ७१ लाख ८९ हजार ५९४ रुपैयाँ जम्मा भएको छ । प्रतिसेयर अम्दानी ३ रुपैयाँ ७८ पैसा र प्रतिसेयर नेटवर्थ १०६ रुपैयाँ ३७ पैसा छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK