
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – राजश्वका हाकिमले नै चोरीको गाडी चढ्छन् भन्ने सुन्दा जो कोहिलाई अचम्म लाग्न सक्छ । तर यो सत्य हो । राजस्व अनुसन्धान कार्यालय पथलैयाका प्रमुख राजन बिसीले चोरीको गाडी चढ्ने गरेको खुलासा भएको छ । चोरीको गाडीमा नक्कली नम्बर प्लेट राखेर उनले लामो समयदेखि गाडी चढ्दै आएको तथ्य बाहिर आएको हो । कार्यालयमा रहेको सुजुकी ब्रान्डको गाडीमा बिसीले ना.२ख ९५१० नम्बरको नक्कली नम्बर प्लेट राखेर चलाउँदै आएका हुन् । यातायात व्यवस्था कार्यालय वीरगन्जको रेकर्डअनुसार बिसीले प्रयोग गरेको ना.२च ९५१० नम्बरमा ‘महिन्द्रा कम्पनीको डबल क्याप पिकअप’ गाडी दर्ता रहेको छ ।
रेकर्ड हेर्न हो भने उनले अहिले चढेको सो गाडी १३ भदौमा पथलैया चेकपोस्टबाट बरामद भएको थियो । प्रदेश नं. ३ मा कार्यरत नायब निरीक्षक बुद्धिराम थारुले चलाएर वीरगन्जबाट चितवनतर्फ लगिरहेका वेला राजस्व अनुसन्धान कार्यालय पथलैयाको चेकपोस्टले पक्राउ गरी जाँच गर्दा चोरीको गाडी भएको प्रमाणित भएको थियो ।प्रधानमन्त्रीले चोरीको बिजुलीबाट भाषण गरेको तथ्य बाहिर आएको केहि समयमै राजश्व कै हाकिमले चोरीको गाडी चढ्ने गरेको खुलासा भएपछी देशको स्थिति कता जाँदैछ भन्ने गम्भीर प्रश्न उब्जिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्