अनसनरत डा. गोविन्द केसीले अनसन तोड्ने भएका छन् । सरकारसंग कुनै वार्ता वा सहमति नभइ उनले २४ औं दिनमा अनसन तोड्ने निर्णय लिएका हुन् । केसीले शुक्रबार बेलुका ७ बजे त्रिवि शिक्षण अस्पतालस्थित अनसनस्थलमा पत्रकार सम्मेलन आयोजना गरेका छन् ।
केसीलाई पछिल्लो समय अनसन तोड्न चौतर्फी दबाव परेको थियो । यसपटक केसी नमज्जासँग हारेको विश्लेषण गरिएको छ ।