काठमाडौं – एभरेष्ट इन्सुरेन्सले आर्थिक वर्ष २०७५/७६को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक भएको छ । सार्वजनिक भएको विवरण अनुसार कम्पनीको खुद नाफा ५.८७% बढेर २ करोड ५१ लाख ६६ हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष कम्पनीले २ करोड ३७ लाख ७० हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
कम्पनीले कुल ३८ करोड ९८ लाख ५७ हजार रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ भने हालसम्म १६ करोड ७५ लाख ४९ हजार रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ । कम्पनीको खुद बिमा शुल्क १८ करोड ८० लाख ८६ हजार रुपैयाँ पुर्याएको छ भने बिमा कोषमा २० करोड ९४ लाख ५१ हजार रुपैयाँ पुगेको छ ।
यता, कम्पनीको चुक्ता पुँजी १३ करोड ३६ लाख ५० हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा १२ करोड ३३ लाख ३९ हजार रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १८ रुपैयाँ ८३ पैसा र प्रतिसेयर नेटवर्थ ४०२ रुपैयाँ ९१ पैसा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्