प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा मन्त्रीसंगको प्रश्नोत्तर कार्यक्रममा सांसद गगनकुमार थापाले विदेशी मुद्रा सटहीमा सरकारले निर्धारण गरेको सिमाबारे जिज्ञासा राखेका छन् । विदेश भ्रमणमा जाँदा नेपालीलाई दिएको सटही सुविभा २ हजार ५ सय डलर बाट घटाएर १ हजार ५ सय डलर भएको भन्दै अझै घटनाउने योजना त छैन ? भनी समेत उनले अर्थमन्त्रीलाई प्रश्न गरेका थिए । जवाफमा मन्त्री खतिवडाले नेपालीहरुको औषत खर्च गर्ने क्षमताको आधारमा सटही सुविधालाई निश्चित सिमामा ल्याउन खोजेको र सरकारको प्रयास विदेशी डलरको संचिति बढाउने रहेको बताएका छन् ।