×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ग्लोबल आइएमई बैंकको १५ लाख इकाई ऋणपत्र बुधबारदेखि आउँदै, क-कसले पाउँछ भर्न ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

ग्लोबल आइएमई बैंकको १५ लाख इकाई ऋणपत्र बुधबारदेखि आउँदै, क-कसले पाउँछ भर्न ?

१४ फाल्गुन २०७५, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – ग्लोबल आइएमई बैंकले १५ लाख इकाई ऋणपत्र बुधबार (फागुन १५ गते)देखि जारी गर्ने भएको छ । बैंकले ‘१०.२५% ग्लोबल आइएमई बैंक डिबेन्चर २०८०।८१’ जारी गर्न लागेको हो । वार्षिक १०.२५% ब्याज पाइने यो ऋणपत्र ५ वर्षपछि परिपक्क हुनेछ । यसमा एनआइबीएल एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।
बैंकले जारी गर्न लागेको १५ लाख इकाई ऋणपत्र मध्ये ५ लाख ९७ हजार इकाईमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् भने ९ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य कम्पनीहरुलाई बिक्री गर्नेछ ।
लगानीकर्ताले प्रतिइकाई १ हजार रुपैयाँका दरले न्यूनतम २५ देखि ७५ हजार इकाईसम्म आवेदन दिन सक्नेछन् । यो ऋणपत्रमा फागुन १९ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा आवश्यक मात्रामा बिक्री नभएमा चैत्र १४ गते सम्म आवेदन दिन सकिनेछ । सी–आस्वाको माध्यमबाट आवेदन दिनुपर्नेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी