
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- शुक्रबार बम आतंक मच्चिएको काठमाडौँमा राँगो आतंक मच्चिएको छ । चन्द्रागिरि नगरपालिकाको मच्छेगाउँमा राँगोको आक्रमणमा परी एकजनाको मृत्यु भएको छ भने अति भएपछि आक्रमण गर्ने राँगोलाई प्रहरीले लखेटेर दहचोक पुर्याएपछि गोली हानेर मारेको छ ।
राँगोको आक्रमणबाट शनिबार बिहान स्थानीय ७० वर्षीय मानबीर महर्जनको मृत्यु भएको डिएसपी कुमार विक्रम थापाले जानकारी दिएका छन् ।मर्निङवाकमा निस्किएका महर्जनलाई राँगोले आक्रमण गरेको थियो । उनलाई अस्पताल पुर्याएपनि अस्पतालले उनलाई मृत घोषित गरेको छ । उक्त राँगो कसको हो भन्ने थाहा छैन ।
थप क्षति हुनबाट जोगाउन गोली चलाएको प्रहरीले बताएको छ ।यसअघि बुद्धनगरस्थित ह्याम्स अस्पतालभित्र छिरेको भैंसीलाई पनि प्रहरीले गोली हानेर मारेको थियो । यसैगरी वधशालाबाट भागेको एउटा राँगोले शहीद गेट वरपर बितन्डा मचाएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्