- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – साताको पाँचौ दिन बिहिबार सुनचाँदीको मूल्य घटेको छ । बुधबार प्रति तोला ६२ हजार ४ सय मुल्यमा कारोबार भइरहेको छापावाला सुन आज ४ सयले घटेर प्रति तोला ६२ हजार मुल्यमा कारोबार भइरहेको छ ।
त्यस्तै गरि चाँदीको मूल्य ५ रुपैयाँले घटेर प्रति तोला ७ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बिहिबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ५३ हजार १ सय ५५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ६ सय ६४ रुपैयाँ ५ पैसा कायम गरेको छ ।