काठमाडौँ – साताको पाँचौ दिन बिहिबार सुनको मूल्य घटेको छ । बुधबार प्रति तोला ६३ हजार ३ सय मुल्यमा कारोबार भइरहेको छापावाला सुन आज २ सयले घटेर प्रति तोला ६३ हजार १ सय मूल्यमा कारोबार भइरहेको छ ।
त्यस्तै गरि चाँदीको मूल्य स्थिर रहेर प्रति तोला ७ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बिहिबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ५४ हजार १ सय रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ६ सय ७३ रुपैयाँ कायम गरेको छ ।