
त्यस्तै गरि चाँदीको मूल्य १० रुपैयाँले घटेर प्रति तोला ७ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज शुक्रबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ५३ हजार ६ सय ७० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ६ सय ६४ रुपैयाँ ५ पैसा कायम गरेको छ ।