- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – साताको पाँचौ दिन बिहिबार सुनको मूल्य बढेको छ । बुधबार प्रति तोला ६१ हजार ६ सय मुल्यमा कारोबार भइरहेको छापावाला आज १ सयले बढेर प्रति तोला ६१ हजार ७ सय मुल्यमा कारोबार भइरहेको छ ।
त्यस्तै गरि चाँदीको मूल्य स्थिर रहेर प्रति तोला ७ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बिहिबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ५२ हजार ९ सय तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ६ सय ५६ रुपैयाँ कायम गरेको छ ।