काठमाडौं – ग्रामीण विकास लघुवित्तले आर्थिक वर्ष २०७५/७६ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्बजनिक गरेको विवरण अनुसार संस्थाले ११ करोड ३४ लाख ३३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको यसै अवधिको तुलनामा १५.८०% धेरै हो । गत वर्ष ग्रामीणले ९ करोड ७९ लाख ५५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
संस्थाको खुद ब्याज आम्दानी १०.३९% ले बढेर ४४ करोड ५४ लाख ७४ हजार रुपैयाँ पुगेकोे छ । गत वर्ष संस्थाले ४० करोड ३५ लाख ३७ हजार रुपैयाँ खुद ब्याज आम्दानी आर्जन गरेको थियो । सञ्चालन नाफा १२ करोड २९ लाख १४ हजारबाट बढेर १४ करोड २६ लाख ७५ हजार रुपैयाँ पुगेकोे छ ।
यो दोस्रो त्रैमासमा संस्थाले निक्षेप संकलन २ अर्ब ९७ करोड ७५ लाख ८२ हजार रुपैयाँ गरि ९ अर्ब १७ करोड ६३ लाख २२ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । हाल संस्थाको चुक्ता पुँजी ६५ करोड ५० लाख रुपैयाँ रहेको क्क्क्ष भने जगेडा कोषमा ३८ करोड ४१ लाख ५८ हजार रुपैयाँ छ ।
यता, संस्थाको खराब कर्जा ४.५०% रहेको छ भने प्रतिसेयर आम्दानी ३४ रुपैयाँ ६४ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १५८ रुपैयाँ ६५ पैसा रहेको छ
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्