आपिओ नोटिस :
कम्पनी : ग्रीनलाइफ हाइड्रोपावर कम्पनी
खुला हुनेको मिति : मंगलबार, माघ २२ गते
अन्तिम मिति : फागुन ७ गते
अन्तिम मिति : फागुन ७ गते
कित्ता : १८ लाख कित्ता
प्रति कित्ता मूल्य : १००
भर्न पाइने न्यूनतम कित्ता : २० कित्ता
भर्न पाइने अधिकतम कित्ता : ९ हजार कित्ता
विवरण :
ग्रीनलाइफ हाइड्रोपावर कम्पनीले १८ लाख कित्ता आइपिओ भर्न अब ६ दिन मात्र बाकी रहेको छ । यो आइपीओ फागुन ७ गतेसम्म भर्न सकिनेछ । यस अवधिमा आवश्यक मात्रामा आवेदन नपरेमा भने फागुन २७ गतेसम्म आवेदन दिन मिल्ने व्यवस्था गरिएको छ ।
कम्पनीले पहिलो चरणमा कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि १ अर्ब ८० करोड रुपैयाँ बराबरको आइपीओ बिक्री गर्न लागेको हो । यसमा दोलखा जिल्लाका गैरिशंकर र विगु गाउँपालिकाका स्थानीयले आवेदन दिन सक्नेछन् ।
जसमा समूह क, अन्तर्गत गौरीशंकर गाउँपालिका वडा नं ७ मार्बुका बासिन्दालाई ५ लाख ४० हजार कित्ता (३०%) तथा समूह ख, अन्तर्गत गौरीशंकर गाउँपालिका वडा नं ५ सुरी, ६ चंखु, ८ खारे र ९ नं वडाका बासिन्दाका लागि ७ लाख २० हजार (४०%) कित्ता सेयर छुट्याइएको छ ।
यस्तै समूह ग, अन्तर्गत गौरीशंकर गाउँपालिका वडा नं १ र २ जुगु, वडा नं ३ र ४ झ्याकु र विगु गाउँपालिका वडा नं ४ लादुकका बासिन्दाका लागि ५ लाख ४० हजार कित्ता (३०%) सेयर छुट्याइएको छ । यसमा फागुन ७ गतेसम्म आवेदन दिन सकिनेछ । त्यस अवधिमा आवश्यक मात्रमा आवेदन नपरेमा भने फागनु २७ गतेसम्म भर्न सकिनेछ ।
ग्रीनलाइफले हाल दोलखा जिल्लामा १ मेगावाटको खानीखोला जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ । ग्रीनलाइफको आइपीओलाई केयर रेटिङ नेपालले ‘ग्रेड ४’ रेटिङ दिएको छ ।
आवेदन दिन सकिने शाखाहरु :
काठमाडौं क्यापिटल मार्केट, काठमाडौँ
सेन्चुरी कमर्सियल बैंक सिंगटी र चरीकोट शाखा,
प्राइम बैंकको जिरी अनि बैतेश्वर शाखाबाट
ग्रीनलाइफको आयोजन स्थलबाटै पनि आवेदन दिन पाइने
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्