
- सुरज प्याकुरेल / अर्थ सरोकार डटकम
काठमाडौँ- हामीले अर्थ सरोकारको अघिल्लो अंकमा होन्डाको ‘एभीएटर’ स्कुटर असुरक्षित रहेको ग्राहकको गुनासो प्रस्तुत गरेका थियौं । होन्डाको एउटा स्कुटरको चावीले अर्को स्कुटरको डिकी खुलेको हामीले स-दृश्य प्रमाणसहितको रिपोर्ट प्रस्तुत गरेपछि सामाजिक संजालमा धेरैले आफ्नो स्कुटरमा पनि त्यस्तै समस्या भएको बताईरहेका थिए । यसैबीच कतिपयले त आफ्नो बाइकको चावीले स्कुटरको डिकीमात्र होइन स्कुटर नै खुलीरहेकोसमेत बताईरहेका थिए ।
‘आखिर कसको स्कुटरमा त्यस्तो समस्या छ त ?’ हामी खोजी गरिरहेका थियौं । नभन्दै काठमाडौँको दरबारमार्गका दुइ होन्डाका ग्राहकले अर्को स्कुटरको चावीले आफ्नो स्कुटर खुलीरको गुनासो हामीसँग गरे । त्यसपछि हामी पनि कुरा के रहेछ भनेर बुझ्न गयौं । नभन्दै हो रहेछ । होन्डाको ‘डियो’ स्कुटरमा पनि होन्डाको एभिएटरजस्तै समस्या रहेछ । अझ एभिएटरमा त स्कुटरको डिकीमात्र खुलेको थियो, होन्डाको डियोको कतिपय स्कुटरमा त एउटा स्कुटरको चावीले अर्को स्कुटर नै खुल्दो रहेछ । यो हेर्नुहोस् ।
अझ तपाईंलाई पत्यार लागेन भने अझै एक पटक हेर्नुहोस् कसरी होन्डाको एउटा स्कुटरको चावीले अर्को स्कुटर खुलिरहेको छ । यसो त झट्ट सुन्दा यो पत्याईहाल्ने विषय पनि होइन । तर भोग्नेलाई थाहा छ, होन्डाको एभिएटर स्कुटरको डिकी कतिसम्म असुरक्षित छ । र भोग्नेलाई यो पनि थाहा छ, अर्काको स्कुटरको चावीले आफ्नो स्कुटर खुल्छ भन्ने थाहा पाउँदा कतिसम्म जोखिम मोलेर स्कुटर चलाउनुपरेको छ भनेर ।
अझ तपाईंलाई पत्यार लागेन भने अझै एक पटक हेर्नुहोस् कसरी होन्डाको एउटा स्कुटरको चावीले अर्को स्कुटर खुलिरहेको छ । यसो त झट्ट सुन्दा यो पत्याईहाल्ने विषय पनि होइन । तर भोग्नेलाई थाहा छ, होन्डाको एभिएटर स्कुटरको डिकी कतिसम्म असुरक्षित छ । र भोग्नेलाई यो पनि थाहा छ, अर्काको स्कुटरको चावीले आफ्नो स्कुटर खुल्छ भन्ने थाहा पाउँदा कतिसम्म जोखिम मोलेर स्कुटर चलाउनुपरेको छ भनेर ।
हामीले यो कार्यक्रम छायांकन गर्दा पनि त्यस्तै भयो । हामीले होन्डाको एउटा स्कुटरको चावीले होन्डाको अर्को डियो स्कुटर खुलीरहेको छ भन्ने तथ्य छायांकन गरिरहँदा हामीलाई हेरिरहेकी होन्डाकै स्कुटर चलाउने एक ग्राहकले आफैंले चेक गर्छु भनिन् । र हामीले त्यो पनि खिच्यौं ।
होन्डाले यो समस्यालाई सामान्य भन्छ । पूरानो भएपछी होन्डाको कुनै पनि मोटरसाइकल कुनै अर्को चावीले खुल्ने तर्क गर्छन् होन्डाका सेल्स मेनेजर । तर कम्पनीले आफ्ना ‘प्रोडक्ट’का यी डी फेक्टहरुबारे आफ्ना ग्राहकलाई केहि भनेको छैन । स्कुटर कति पूरानो भएपछी यस्तो समस्या आउँछ त ? कति चढेपछी होन्डाको स्कुटरको सुरक्षाको आयु सकिन्छ त ? यो प्रश्नको उत्तर स्वयम् होन्डाको नेपालको विक्रेतासँग छैन । र त भगवान भरोसामै चलाउनु परेको छ होन्डाका स्कुटरहरु !
यो पनि हेर्नुहोस् :
होन्डाको एभिएटर स्कुटर असुरक्षित रहेको प्रमाणसहितको अर्थ सरोकार डटकमको अघिल्लो भाग
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्