
काठमाडौँ- लेखा व्यवसायीहरुको नियमनकारी निकाय नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (आईक्यान)ले जथाभावी लेखा परीक्षणको काम गर्नेमाथि कडा कार्वाही गर्ने चेतावनी दिएको छ । आईक्यानका कार्यकारी निर्देशक संजयकुमार सिन्हाले जथाभावी लेखा परीक्षणको काम गर्नेमाथि कडा कार्वाही गर्ने चेतावनी दिएका हुन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपालगंज धनगढीलगायतका ठाउँमा गैरकानुनी ढंगले लेखा परीक्षणको काम गरिएको पाइएको उल्लेख गर्दै अनुगमनको काम सुरु गरिएको पनि जानकारी दिए।
कार्यक्रममा बोल्दै आइक्यानका अध्यक्ष जगन्नाथ उपाध्यायले लेखा परीक्षणको कामलाई विश्वसनीय बनाउन आफूहरु लागि परेको बताए । उनले सरकार र महालेखापरीक्षकको कार्यालयले पनि लेखा परीक्षणको कामलाई अझै पारदर्शी बनाउन पहल गर्नुपर्ने आवश्यक्ता पनि औंल्याए ।
आईक्यानले लेखा परीक्षणको कामलाई अझै पारदर्शी बनाउन सबै लेखा परीक्षकहरुलाई कोर्ड नम्बर वितरण गर्ने योजना पनि अघि सारेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्