काठमाडौं – कालिका पावर कम्पनीले आर्थिक वर्ष २०७५/७६ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक भएको छ । सार्वजनिक भएको विवरण अनुसार कम्पनीले खुद नाफा ९ करोड ४ लाख ९६ हजार रुपैयाँ कमाएको छ । यो नाफा गत वर्षको तुलनामा २.४८% ले धेरै हो। गत आर्थिक वर्षको यही अवधिमा कम्पनीको खुद नाफा ८ करोड ८३ लाख ५ हजार रुपैयाँ थियो ।
कम्पनीले बिजुली बेचेर १० करोड १४ हजार रुपैयाँ आम्दानी गरेको छ । गत वर्ष सोही अवधिमा ९ करोड ४९ लाख ४७ हजार रुपैयाँ आम्दानी गरेको थियो ।
कम्पनीको सयेर पुँजी ६० करोड रुपैयाँ छ । यता, जगेडा कोषमा ५१ लाख ८७ हजार ७६६ रुपैयाँ जम्मा गरेको छ भने प्रतिसेयर आम्दानी ६ रुपैयाँ ७८ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १०० रुपैयाँ ८६ पैसा छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्