
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – अर्थमन्त्री डा. युवराज खतिवडाले प्रधानमन्त्रीलाई ‘मार्ग प्रसस्त गर्न’ आग्रह गरेको समाचार बाहिरिएको भोलिपल्ट अर्थमन्त्री खतिवडालाई सरकारमा राख्ने कि निकाल्ने भन्ने विषयमा सत्तारुढ पार्टी नेकपाका दुइ अध्यक्षबीच मतान्तर रहेको रहस्य बाहिर आएको छ ।
प्रधानमन्त्री ओलीले युवराज खतिवडालाई यसपटक नहटाउने इक्षा राखेका छन् भने प्रचण्डले भने उनलाई हटाउनुपर्ने अडान राखेका छन् । खतिवडालाई हटाएर सुरेन्द्र पाण्डेलाई अर्थमन्त्री बनाउने अडान प्रचण्डले लिएका छन् । पाण्डे स्वयम् पनि यो कसरतमा लागेको बुझिएको छ ।
ओली नेतृत्वको क्याबिनेटमा नयाँ मन्त्रीको रुपमा सुरेन्द्र पाण्डे र जनार्दन शर्माको नाममा सबैको सहमति देखिएको छ । जनार्दन शर्मालाई गृह र सुरेन्द्र पाण्डेलाई अर्थमन्त्री दिने प्रचण्डको चाहाना छ भने ओलीले भने खतिवडालाई नहटाउने भनिरहेका छन् ।
यता युवराज खतिवडाले भने आफ्नो विषयलाई लिएर प्रचण्डसँग मतान्तर नराख्न, आफु बाहिरबाट नै सहयोग गर्ने भन्दै मार्ग प्रसस्त गर्न ओलीलाई आग्रह गरिसकेका छन् । सबै कुरा बुझ्दा खतिवडालाइ हटाउने नै देखिन्छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्