Skip to content
LAXMI SUNRISE BANK

लक्ष्मी बैंकको साधारण सभा दिउँसो २ बजे हुँदै, ८.५०% बोनससहित यस्ता छन् पेस गरिने प्रस्तावहरु

अर्थ सरोकार

एजिएम नोटिस :
कम्पनी : लक्ष्मी बैंक
इभेन्ट : साधारण सभा
हुने मिति : आज (सोमबार, माघ २८ गते)
विवरण :
लक्ष्मी बैंकको साधारण सभा आज दिउँसो २ बजे अग्रवाल भवन, कमलपोखरी काठमाडौंमा हुने भएको छ । सभाका लागि बैंकले माघ १४ गतेदेखि बुक क्लोज गरेको छ ।
साधारण सभाका प्रस्ताव : 
८.५०% बोनस सेयर र (कर तिर्न) ०.४५% नगद लाभांश दिन,
अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसन प्रक्रियामा जानुपरेमा त्यसको सम्पूर्ण अधिकार सञ्चालक समितिलाई दिने ।
अन्य संस्थाहरुको सेयर तथा डिबेन्चर निष्कासनका लागि अन्डरराइट गर्ने उद्देश्य पनि प्रबन्धपत्रमा थप गर्ने। 
आफैं वा सहायक कम्पनी खोलेर जीवन तथा निर्जीवन बिमा, पुनर्बिमा, भेन्चर क्यापिटल, हेज फन्ड, क्रेडिट रेटिङ, सेयर दलाल तथा स्टक एक्सचेन्जको काम गर्ने। 

कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ८ अर्ब २२ करोड १६ लाख ६७ हजार रुपैयाँ
बोनसपछि चुक्ता पुँजी :  ८ अर्ब ९२ करोड ५ लाख ८ हजार रुपैयाँ पुग्ने
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK