काठमाडौं – लाइफ इन्सुरेन्स कर्पोरेसन नेपालले आर्थिक वर्ष २०७५/७६को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार कम्पनीको खुद नाफा ६.१८% ले वृद्धि गरि ७ करोड १७ लाख ८४ हजार २२० रुपैयाँ पुर्याएको छ । गत वर्ष यही त्रैमासमा कम्पनीले ६ करोड ७६ लाख १ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
कम्पनीले खुद बिमा शुल्क २८.९९% ले बढोत्तरी गरि ५ अर्ब ७८ करोड २२ लाख ९० हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्ष कम्पनीले ४ अर्ब ४८ करोड २५ लाख ३१ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो । कम्पनीले पुनर्बिमा कमिसनबाट ६२ लाख १६हजार ८१२ रुपैयाँ आम्दानी गरेको छ ।
यो दोस्रो त्रैमासमा कम्पनीले १ अर्ब ४३ करोड ४९ लाख २७ हजार रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ भने २ करोड ६३ लाख ८४ हजार रुपैयाँ भुक्तानी हुन बाँकी दाबी रहेको छ । यता कम्पनीको चुक्ता पुँजी १ अर्ब ३३ करोड ४६ लाख ७७ हजार ५०० रुपैयाँ रहेको छ भने जगेडा कोषमा ५४ करोड ८१ लाख ५४ हजार ६१० रुपैयाँ छ ।
यसैगरी, जीवन बिमा कोषमा ४८ अर्ब ६८ करोड ७० लाख ५६ हजार १४२ रुपैयाँ छ । यसको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ३८ पैसा र प्रतिसेयर नेटवर्थ १५० रुपैयाँ छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्