×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मेगा बैंकले गर्यो आकर्षक प्रगति, खुद नाफा ८५.९६% वृद्धि

अर्थ सरोकार

प्रकाशित मिति : २४ माघ २०७५, बिहीबार

PRIME CA

मेगा बैंकले गर्यो आकर्षक प्रगति, खुद नाफा ८५.९६% वृद्धि

काठमाडौं – मेगा बैंक नेपालले आर्थिक वर्ष २०७५/७६को वित्तीय विवरण सार्वजनिक भएको छ । सार्वजनिक भएको विवरण अनुसार बैंकको खुद नाफा ८५.९६% ले वृद्धि गरी ७३ करोड २० लाख ४५ हजार रुपैयाँ पुर्याएको छ । गत वर्षको बैंकले ३९ करोड ३६ लाख ४९ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो ।
बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमस: ११०.३३% र ८६.६९% वृद्धि भएको छ । बैंकको खुद ब्याज आम्दानी १ अर्ब ७८ करोड १ लाख ५३ हजार रुपैयाँ पुगेको छ भने सञ्चालन नाफामा १ अर्ब ३ करोड ४१ लाख २६ हजार रुपैयाँ पुगेको छ ।
यो दोस्रो त्रैमासमा बैंकले ७० अर्ब ८५ करोड ९४ लाख ६२ हजार रुपैयाँ निक्षेप संकलन गरी ६५ अर्ब ८४ करोड ९३ लाख ५१ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । हाल बैंकको चुक्ता पुँजी १० अर्ब ३८ करोड ८६ लाख २१ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा बैंकले २ अर्ब ३१ करोड २७ लाख ६ हजार रुपैयाँ मात्र जम्मा गरेको छ ।
बैंकको खराब कर्जा अनुपात १.२१% रहेको छ भने प्रतिसेयर आम्दानी १४ रुपैयाँ १३ पैसा र प्रतिसेयर नेटवर्थ १२२ रुपैयाँ २६ पैसा छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: