×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नबिल बैंकको ३४% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कहिले हुँदैछ साधारणसभा ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

नबिल बैंकको ३४% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कहिले हुँदैछ साधारणसभा ?

Artha Sarokar

१३ फाल्गुन २०७५, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

लाष्ट रिमाइन्डर :
कम्पनी : नबिल बैंक लि.
लाभांश : ३४% (२२% नगद र १२% बोनस सेयर)
बुक क्लोज हुने मिति : मंगलबार, फागुन १४ गते
सुरक्षित गर्ने अन्तिम मिति : आज (सोमबार, फागुन १३ गते)

विशेष साधारण सभा : फागुन २७ गते
विवरण : 
नबिल बैंकको ३४% लाभांश सुरक्षित गर्ने आज (सोमबार)अन्तिम दिन रहेको छ । बैंकले सभाका लागि फागुन १४ गतेदेखि  सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको छ । 
पेस गर्ने प्रस्तावहरु :
२२% नगद र १२% बोनस सेयर दिने ।
लिलामीमा बिक्री गरेको १०% संस्थापक सेयरलाई सर्वसाधारणमा परिवर्तन गर्ने।
आर्थिक वर्ष २०७४/७५ को नाफा नोक्सान हिसाब स्वीकृत गर्ने, सहायक कम्पनी नबिल इन्भेष्टमेन्ट बैंकिङको वित्तीय विवरणसहित एकीकृत वित्तीय पारित गर्ने ।
लेखा परिक्षकको नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने।
एजिएम हुने स्थान र समय :
नेपाल प्रज्ञा प्रतिष्ठान, कमालादी, काठमाडौंमा बिहान ११ः३० बजे
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ८ अर्ब ४ करोड ३२ लाख २१ हजार रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : ९ अर्व ८४ लाख ७ हजार ५२० रुपैयाँ पुग्ने
गत आर्थिक वर्षको दोस्रो त्रैमासको खुद नाफा :२ अर्ब १७ करोड ६८ लाख ३२ हजार रुपैयाँ
प्रतिसेयर आम्दानी : ५४ रुपैयाँ २८ पैसा
प्रतिसेयर नेटवर्थ : १८० रुपैयाँ ५७ पैसा
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी