काठमाडौं – ङादी ग्रुप पावरले आथिक वर्ष २०७५/७६ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार कम्पनीको खुद नाफा १ करोड ८ लाख ९ हजार रुपैयाँ कमाएको छ । यो नाफा गत वर्षको तुलनामा २३.०४% थोरै हो । गत वर्ष कम्पनीले १ करोड ४० लाख ४७ हजार ६१७ रुपैयाँ खुद नाफा कमाएको थियो ।
यता, कम्पनीको सञ्चालन नाफा पनि ९.८२% ले गिरावट आएको छ । गत वर्ष ३ करोड ३ लाख ५६ हजार रुपैयाँ रहेको सञ्चालन नाफा यो त्रैमासमा घटेर २ करोड ७३ लाख ७२ हजार रुपैयाँमा खुम्चिएको छ ।
कम्पनीले बिजुली बेचेर ३ करोड ११ लाख २० हजार रुपैयाँ आम्दानी गरेको छ । गत वर्ष बिजुली बिक्रीबाट ३ करोड ४३ लाख ५० हजार रुपैयाँ आम्दानी गरेको थियो । यस कम्पनीको सेयर पुँजी ५३ करोड ५५ लाख ५४ हजार ८०० रुपैयाँ छ ।
यता, जगेडा कोषमा ४ करोड २० लाख २२ हजार रुपैयाँ जम्मा भएको छ । कम्पनीको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ०७ पैसा र प्रतिसेयर नेटवर्थ १०७ रुपैयाँ ८५ पैसा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्