
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- पोखरामा १ हजार रुपैयाँका नक्कली नोट भेटिने क्रम बढेको छ । त्यसमा पनि पोखराको लुम्बिनी बिकास बैंकमा एक हप्ताभित्रै ५ वटा नक्कली नोट भेटिएका छन् । काठमाडौँमा नक्कली नोट बनाउने गिरोहलाई प्रहरीले पक्राउ गरेको केहि समयपछि पोखरामा यस्ता नक्कली नोट भेटिनुलाई त्यहाँका स्थानीयले अर्थपूर्ण रुपमा हेरेका छन् ।
बैंक भन्छ, ‘दिनहुँ आउन थाले नक्कली नोट’
यता पोखरामा रहेको लुम्बिनी बिकास बैंकको न्यूरोड शाखाकि अपरेसन इन्चार्ज सफिना जोशीले पछिल्लो समय दिनानुदिन नक्कली नोट आउन थालेको बताएकी छिन् । ‘अव त धेरै सचेत हुनुपर्ने भयो । दैनिक रुपमै नक्कली नोट बैंकमा आउन थालेको छ।’ उनले भनिन् । उनले पछिल्लो हप्तामात्रै १ हजारका २ वटा नोट एउटै नम्बरको आएकोसमेत खुलासा गरेकी छिन् । सेवाग्राहीले ल्याएको नोट ‘फेक नोट डिटेक्टर’मा परीक्षण गर्दा नक्कली भएको प्रमाणित भएको उनको भनाइ छ । पछिल्लो समय पोखरामा नक्कली नोट देखिन थालेकाले कार्यालयका सम्पूर्ण कर्मचारीलाई सजग रहन आग्रह गरिसकेको बैंकले जानकारी दिएको छ ।
के भन्छ नेपाल राष्ट्र बैंक ?
यता नेपाल राष्ट्र बैंकले भने पोखरामा मात्रै पछिल्लो साउन यतामात्रै २ सयवटा नक्कली नोट भेटिएको जनाएको छ । ‘बिटोको बीचमा एउटा राखेर नक्कली नोट बजारमा ल्याईएको देखिन्छ । ’ राष्ट्र बैंक पोखराका निर्देशक पोमनाथ गौतमले भने, ‘नक्कली नोटको गिरोह पत्ता लगाउन हामीले प्रहरीको सहयोग लिएका छौं भने बैंकदेखि सहकारीसम्म सूचना जारीसमेत गरिसकेका छौं । बैंक पैसा राख्न आउँदा व्यक्ति आउँछन् या समूह आउँछ भन्ने निगरानी गर्न पनि निर्देशन दिएका छौं ।’ उनले भने ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्