काठमाडौं – नयाँ नेपाल लघुवित्तले आर्थिक वर्ष २०७५/७६ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक भएको विवरण अनुसार संस्थाले खुद नाफा २०९.१९%ले वृद्धि गरि २५ लाख २३ हजार रुपैयाँ कमाएको छ । गत वर्षको यहि त्रैमासमा संस्थाले ८ लाख १६ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो ।
नयाँ नेपालले खुद ब्याज आम्दानी पनि ६२.४३% ले बढाएर १ करोड ४७ लाख ५९ हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष ९० लाख ८६ हजार रुपैयाँ मात्र खुद ब्याज आम्दानी भएको थियो । यस त्रैमासमा संस्थाको सञ्चालन नाफा ८ लाख ३७ हजार रुपैयाँबाट घटेर ६ लाख ४३ हजार रुपैयाँमासिमित रहेको छ ।
संस्थाले १० करोड १ लाख १२ हजार रुपैयाँ निक्षेप संकलन गरी ५१ करोड २८ लाख २९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । हाल यसको चुक्ता पुँजी ७ करोड ९२ लाख २३ हजार रुपैयाँ छ भने जगेडा कोषमा २ करोड ३८ लाख ८५ हजार रुपैयाँ जम्मा पारेको छ ।
यता संस्थाको खराब कर्जा २.९३% छ भने प्रतिसेयर आम्दानी ६ रुपैयाँ ३६ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १३० रुपैयाँ १५ पैसा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्