
काठमाडौँ- ललितपुरको नख्खुस्थित एनसेलको मुख्यालयभित्रै शक्तिशाली बम बिस्फोट भएको छ । बिस्फोटमा ३ जना घाइते भएका छन् । घटनास्थलमा प्रहरी पुगेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
घटनामा परी घटनामा परी २सिंहप्रताप गुरुङ, प्रतिक्षा खड्का र अनुषा डंगोल घाइते भएको बताईएको छ । उनीहरूको अहिले अल्का अस्पतालमा उपचार भइरहेको छ। घाइतेहरुको अहिले अल्का अस्पतालमा उपचार भइरहेको छ । बम बिस्फोटका कारण वरपरका घरहरुमा पनि क्षति पुगेको छ । यता गृहमन्त्रालयका प्रवक्ताले भने घटनाबारे आफुलाई केहि पनि थाहा नभएको बताएका छन् । ललितपुरका प्रमुख जिल्ला अधिकारी प्रेम राज जोशीले अर्थ सरोकार डटकमलाई जानकारी दिएका छन् ।
यस्तै नक्सालस्थित आँगन मिठाइ अगाडी पनि बम भेटिएको छ । उक्त बमलाई नेपाली सेनाको टोलीले डिस्फोज गरेको छ ।



Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्