
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- एनसेलका विभिन्न १६ स्थानका टावरहरुमाथि आगजनी भएको छ । अदालतको आदेशपछि पनि कर तिर्न नमानिरहेको एनसेलको देशभरका विभिन्न स्थानमा रहेका टावरमाथि आगजनी भएका छन् । कतिपय ठाउँमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता र विभिन्न अन्य केहि भूमिगत संगठनहरुले एनसेलमाथि आक्रमण सुरु गरेका हुन् ।
१७ टावर जलाइए !
ललितपुरस्थित नक्खुमा रहेको एनसेलको मुख्यालमा बम पड्किएपछि सुरु भएको टावर जलाउने काम अहिले कन्चनपुर, कास्की हुँदै विभिन्न १७ ठाउँमा टावरहरु जलाइएको छ । कञ्चनपुर र कास्कीमा एनसेलका टावरमा शुक्रबार राति आगजनी भएका छन् । पोखरा महानगरपालिका-२७ चन्द्रकालिका डाडाको नाकस्थित एनसेलको टावरमा शुक्रबार राति करीब १० बजेको समयमा आगजनी भएको हो । प्रहरी कार्याल सिस्वाका डिएसपी मोहनबहादुर खाँडका अनुसार टावर डाँडामा रहेकाले दमकल पुग्न नपाउँदै टावर जलेर ध्वस्त भएको छ । तर आगजनी कसले गर्यो भन्ने अझै पनि सार्वजनिक भएको छैन । बागलुङ नगरपालिका–७ मुल्पानी, गल्कोट नगरपालिका–८ काँडेवाँस र निसीखोला गाउँपालिका–७ राजकुतमा रहेको एनसेलको टावर आगजनी भएको छ । यी लगायतगरी कुल १६ ठाउँमा एनसेलका टावरहरु जलाइएका छन् ।
एनसेलको टावर जलेसँगै लेखनाथ क्षेत्रमा विद्युत र इन्टरनेट सेवा विच्छेद भएको छ ।यसैगरी कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-४ असैनामा रहेको एनसेल कम्पनीको टावरमा पनि शुक्रबार राति आगजनी भएको छ । यता एनसेलको धनगढीस्थित कार्यालयबाट टावरमा खराबी आएको जानकारी प्राप्त भएपछि तत्काल टावर भएको क्षेत्रमा पुग्दा आगजनी भएको पाइएको हो । एनसेलको टावरमा लगाइएको घेरबारको गेटको ताला फोडेर भित्र प्रवेश गरी टावरमा आगजनी गरेको पाइएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए ।
यस्तै अछाम, कपिलवस्तु, काभ्रे, र रौतहटमा पनि एनसेलका टावरहरु जलाइएका छन्। हामी थप विवरण अपडेट गर्दैछौं।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्