×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल बैंकको खुद नाफा १ अर्ब ६६ करोड १४ लाख ९८ हजार रुपैयाँ, प्रतिसेयर आम्दानी कति ?

PRIME CA

नेपाल बैंकको खुद नाफा १ अर्ब ६६ करोड १४ लाख ९८ हजार रुपैयाँ, प्रतिसेयर आम्दानी कति ?

२० माघ २०७५, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं – नेपाल बैंकले आर्थिक वर्ष २२०७५/७६को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक गरेको विवरण अनुसार बैंकले खुद नाफा १ अर्ब ६६ करोड १४ लाख ९८ हजार रुपैयाँ कमाएको छ ।  यो नाफा गत वर्षको तुलनामा १.४०% मात्र धेरै हो । गत वर्ष बैंकले १ अर्ब ६३ करोड ८४ लाख ५९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । ।
बैंकको खुद ब्याज आम्दानी ७.७१% ले बढेर ३ अर्ब १६ करोड ७२ लाख ४९ हजार रुपैयाँ पुगेको छ । गत वर्ष नेपाल बैंकले २ अर्ब ९४ करोड ३ लाख २९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । सञ्चालन नाफा पनि १ अर्ब ८३ करोड रुपैयाँबाट बढोत्तरी गरेर २ अर्ब ३१ करोड २४ लाख ९१ हजार रुपैयाँ पुर्याएको छ । 
बैंकले निक्षेप संकलन १ खर्ब ५ अर्ब ६७ करोड ८२ लाख ८६ हजार रुपैयाँ गरेको छ भने कर्जा लगानी ८५ अर्ब ७९ करोड ८४ लाख ७२ हजार रुपैयाँ गरेको छ । हाल बैंकको चुक्ता पुँजी ९ अर्ब ८१ करोड ११ लाख ४८ हजार रुपैयाँ छ भने जगेडा कोषमा १९ अर्ब ६५ करोड १४ हजार रुपैयाँ रहेको छ । 
यता बैंकको खराब कर्जा २.७४% रहेको छ भने प्रतिसेयर आम्दानी ३३ रुपैयाँ ८७ पैसा र प्रतिसेयर नेटवर्थ ३०० रुपैयाँ २८ पैसा छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: