काठमाडौं – नेपाल इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७५/७६ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार कम्पनीको खुद नाफा ७१.२०% ले बढोत्तरी गरि ७ करोड ३२ लाख रुपैयाँ कमाएको छ । गत वर्षको यही अवधिमा कम्पनीले खुद नाफा ४ करोड २७ लाख रुपैयाँ कमाएको थियो ।
कम्पनीले खुद बिमा शुल्क २९.७५% ले बढाएर २४ करोड १ लाख १ हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष खुद बिमा शुल्क १८ करोड ५० लाख ४४ हजार रुपैयाँ थियो । कम्पनीको हालसम्म १७ करोड २३ लाख ४ हजार रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ । कुल १ अर्ब १३ करोड ४५ लाख ४० हजार रुपैयाँ दाबी भुक्तानी हुन बाँकी रहेको छ ।
यता कम्पनीको चुक्ता पुँजी ६१ करोड ७६ लाख ३९ हजार रुपैयाँ छ भने जगेडा कोषमा २७ करोड ३६ लाख ८ हजार रुपैयाँ छ । कम्पनीले बिमा कोषमा २३ करोड १४ लाख ६५ हजार रुपैयाँ जम्मा गरेको छ ।
यो दोस्रो त्रैमासमा कम्पनीले प्रतिसेयर आम्दानी ११ रुपैयाँ ८६ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १८१ रुपैयाँ ५४ पैसा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्