Skip to content
LAXMI SUNRISE BANK

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको मध्यावधि समिक्षाको तयारी थाल्यो, बैंकर र उद्योगीले दिए यस्तो सुझाव (भिडियो)

अर्थ सरोकार

  • अर्थ सरोकार मल्टिमिडिया ब्यूरो 
काठमाडौँ – नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको मध्यावधि समिक्षाको तयारी  थालेको छ ।  बुधबार काठमाडौँमा बैंकिंङ क्षेत्रको अवस्थाका बारेमा ब्यबसायीहरुसंग गर्दै राष्ट्र बैंकले यस्तो तयारी थालेको बताएको हो । आगामी हप्ता मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा गर्न सरोकारवालाहरुसँग सुझाव लिन राष्ट्र बैंकले गरेको कार्यक्रममा व्यवसायीहरुले बैंकको ब्याज बढेको,बैंकमा लगानी योग्य पूँजी घटेको,शेयर धितो कर्जाको सीमा बढाउँदा कारोबारमा निरन्तर गिरावट आएको, बैंक तथा ब्यबसायीहरुलाई बिदेशी शेयर कारोबारमा समेत संलग्न हुन बाटो खोलिदिनु पर्ने माग राखेका छन् ।
छलफल कार्यक्रममा बैंकरहरुले कर्जा निक्षेप अनुपातको व्यवस्था खारेज गरी तरलतामा सहज अवस्था बनाउन सुझाव दिएका छन भने उद्योगी व्यसायीहरुले भने बैंकहरुको चर्को व्याजदरका कारण समस्या भएको भन्दै हस्तक्षेपकारी भूमिका निर्वाह गर्न राष्ट्र बैंकलाई आग्रह पनि गरेका छन् । हेरौं भिडियो रिपोर्ट 

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK