×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पाँचथर पावरको १७ लाख ५० हजार २५० कित्ता आइपिओ भर्ने शुक्रबार अन्तिम दिन, समय बढ्नुमा यस्ता छन् कारण

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

पाँचथर पावरको १७ लाख ५० हजार २५० कित्ता आइपिओ भर्ने शुक्रबार अन्तिम दिन, समय बढ्नुमा यस्ता छन् कारण

Artha Sarokar

१६ फाल्गुन २०७५, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

आइपिओ नोटिस :
इभेन्ट : पाँचथर पावर कम्पनी
खुला भएको मिति : सोमबार, फागुन १३ गते
कित्ता : १७ लाख ५० हजार २५० कित्ता सेयर
प्रति कित्ता मूल्य : १००
भर्न पाइने न्यूनतम कित्ता : १० कित्ता
भर्न पाइने अधिकतम कित्ता : ९ हजार ६२० कित्ता
विवरण : 
पाँचथर पावर कम्पनीले १७ लाख ५० हजार २५० कित्ता सेयर आइपिओ भर्ने शुक्रबार अन्तिम दिन रहेको छ । कम्पनीले बिहीबार आवेदन बन्द गर्न लागेको थियो । तर पर्यटनमन्त्रीको हेलिकप्टर दुर्घटनामा परी निधन भएपछि सरकारले बिहीबार सार्वजनिक विदा दिएको छ । विदामा बैंक तथा वित्तीय संस्था बन्द हुने भएकाले अब शुक्रबार मात्र आवेदन बन्द गरिनेछ ।

बिक्री प्रबन्धक सानिमा क्यापिटलले बिहीबार अचानक सार्वजनिक विदा घोषणा गरिएकाले अब शुक्रबार मात्रै आवेदन बन्द गरिने जानकारी गराएको छ । पाँचथर पावरले गत सोमबार (फागुन १३ गते) देखि आइपीओ खुला गरेको हो ।

कम्पनीले आयोजना प्रभावित स्थानीयले नकिनेको ७ लाख ८७ हजार ७५० कित्तासमेत थप गरी कुल १७ लाख ५० हजार २५० कित्ता सेयर निष्कासन गर्न लागेको हो । यसमध्ये कर्मचारीलाई २% अर्थात ३५ हजार ५ कित्ता र सामुहिक लागानी कोषलाई ५% अर्थात ८७ हजार ५१२ कित्ता छुट्याएर बाँकी रहेको १६ लाख २७ हजार ७३३ कित्ता सर्वसाधारणलाई बिक्री खुल्ला गरिएको हो ।

आवेदन दिन सकिने शाखाहरु :
सानिमा क्यापिटल, काठमाडौँ
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी