Skip to content
LAXMI SUNRISE BANK

पर्यटनमन्त्री अधिकारी चढेको हेलिकोप्टर दुर्घटना, क्याप्टेन प्रभाकर केसीले उडाएका थिए हेलिकप्टर !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित ६ जना सवार हेलिकोप्टर दुर्घटना भएको छ । फुङलिङ नगरपालिकाको दाह्रेढुंगामा दुर्घटना भएको हो । यता ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले विमान सम्पर्कविहीन भएको खबर सुनेर आफू सम्भावित दुर्घटनास्थलतर्फ लागेको बताएका छन् ।
तेह्रथुमको चुहान डाँडा एयरपोर्ट निरिक्षणका लागि गएका मन्त्रीसहितको टोली पाथिभरा दर्शनमा लागि गएको थियो ।

यसैबीच गृह सचिव प्रेम कुमार राईले ताप्लेजुङको दारेढुंगामा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परेको खबर आएको जानकारी दिए ।

हेलिकप्टरमा नीजि सचिवालयको उपसचिव, टानको डाइरेक्टर, यती एयरलाइन्सको प्रवन्ध निर्देशक आङछिरिङ शेर्पासहित ६ जना सवार रहेको बताइएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK