×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

गल्ती महसुस गरेकोमा धन्यवाद पशुपति शर्मा ! तपाईंले गल्ती गर्नुभएकै हो, स्वीकार्नुभो, राम्रो भो !

  • एसपी ‘सुमन’
पशुपति शर्माजी नमस्कार !
तपाईंको म फ्यान हुँ । नेपाली लोकगीत क्षेत्रमा तपाईंले पुर्याउनुभएको योगदानको समयले पक्का सम्मान गर्नेछ । विदेशीने नेपालीलाई, ‘मलाई अमेरिका यहि, मलाई जापान पनि यहि’ भनेर देशमै रहेका सम्भावनाहरु बुझाउने तपाईं आज एउटा कुरामा चुक्नु भयो भन्ने कुराले तपाईं प्रतिको सम्मान घट्ने छैन । यसपाली तपाईंले गल्ती गर्नुभएकै हो, स्वीकार्नुभयो । सर्वप्रथम धन्यवाद छ पशुपति जी !
तपाईंले गीतमा भन्न खोज्नुभएको तथ्य नेपालको यथार्थ हो । नेपालमा भ्रस्टाचार पक्कै बढेको छ । देशका सबै नागरिकसँग गाँस बास र कपासको व्यवस्थासमेत भइनसकेको अवस्थामा तपाईंको गीतले थोरै भएपनि देश बोल्ने प्रयास गरेकै हो । तर त्यसको पनि एउटा तरिका हुन्छ । गीतमा आवेग पोख्ने नाममा देशको बेइज्जत गर्न कहाँ पाइन्छ र ? 
अरु शब्दमा मेरो कतै पनि विमति थिएन, छैन । तर गीतमा प्रयोग भएको ‘यमराजको शासन’ शब्द कति पनि नसुहाउने शब्द हो । काम गर्न नसकेको नै सहि, देशका सम्माननीय प्रधानमन्त्रीलाई यो हद सम्मको मानहानी गर्ने अधिकार कसैसँग पनि छैन । डेढ अर्वको हेलिकप्टर राष्ट्रपतिकै लागि थियो त ? हल्लाभन्दा पनि यथार्थमा जानुपर्ने तपाईं यहाँ पनि चुक्नुभएकै हो । कार्यकर्तालाई कुकुरसँग दाँज्ने अधिकार तपाईंसँग हुनै सक्दैन । 
एउटा नागरिकसँग सरकारको विरोध गर्ने अधिकार छ । तर त्यो सभ्य हुन जरुर पर्छ । ‘लुट्न सके लुट कान्छा’ भनेर आफ्नै देशको खिल्ली उडाएर तपाईंले कुन युद्ध जित्न खोज्नु भएको हो र ? यूट्युबबाट हुने केहि कमाइ र केहिको वाहवाहिका अगाडी ‘इथिक्स’ त बिर्सनु हुन्न नि ! होइन र ?
जे होस्, ढिलै भएपनि तपाईंले आफ्नो गल्ती सच्याउनुभयो । तपाईंलाई धन्यवाद छ ! आपत्तिजनक शब्दहरु हटाएर गीतलाई अझै राम्रो बनाएर ल्याउनुहोला । किनकि पक्ष वा प्रतिपक्षको होइन कलाकार आम नागरिकको हुनुपर्छ ।

(यो लेखकको निजी विचार हो। )

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: