×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महाराजगञ्ज बृत्तमा २३ लाख काण्ड, हत्याराबाट २३ लाख घुस लिएका इन्स्पेक्टर भण्डारी छानबिनका लागि मेट्राे तानिए !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

महाराजगञ्ज बृत्तमा २३ लाख काण्ड, हत्याराबाट २३ लाख घुस लिएका इन्स्पेक्टर भण्डारी छानबिनका लागि मेट्राे तानिए !

Artha Sarokar

१४ फाल्गुन २०७५, मंगलवार

पढ्न लाग्ने समय: ३ मिनेटभन्दा कम

काठमाडौं । टोखामा भएको एक हत्या मुद्दामा महानगरीय प्रहरी बृत्त महाराजगञ्ज २३ लाख काण्डमा मुछिएको छ । १ पुस, २०७५ मा टोखामा अजिता मल्ल शाहीको हत्या भएपछि अनुसन्धानमा जुटेको महाराजगञ्ज प्रहरीले पीडकको पक्षबाट मुद्दा कमजोर बनाएर अदालतबाट छुटाउन सहज बनाईदिने भन्दै २३ लाख असुलेको सम्बन्धित पक्षले आरोप लगाएपछि महाराजगञ्ज वृत्त २३ लाख काण्डमा मुछिएको हो ।
उक्त हत्याको आरोपीलाई भोलीपल्ट बिहानै महानगरीय अपराध महाशाखाले पक्राउ गरेर थप अनुसन्धानको लागी महाराजगञ्ज वृत्तलाई जिम्मा लगाएको थियो । अनुसन्धानको क्रममा आरोपितको श्रीमान् तथा हत्या भएकी अजिता मल्लको प्रेमी मानिएको धर्मराज शाहीले जेठी सासुनाता पर्ने भगवती मल्ललाई घटनाको जिम्मा लिने भन्दै पुस २ देखी ३० गतेसम्म वृत्तका ईन्स्पेक्टर भण्डारीसँग मिलेर मानसिक तनावसम्म दिने गरेको पीडक पक्षका एक नातेदारले बताएका छन् ।

ईन्स्पेक्टर भण्डारीको प्रभावमा परेर राजबहादुर शाहीले जेठानको जेठीसासु कमला खरेल भण्डारीलाई दश लाखको चेक, दश लाख नगद र पटक–पटक गरेर तीन लाख नगद गरी जम्मा २३ लाख दिएका थिए । उनले उक्त पैसा लण्डनमा रहेको नाताले जेठानी पर्ने दमन्ता खरेलसँग मगाएका थिए ।



उक्त मुद्दामा मुख्य आरोपी बिष्णुमाया मल्ल, उनको दिदी भगवती मल्ल, भतिजो नाता पर्ने गाण्डीपराज मल्ल र गाण्डीपको महिला साथी रिता केसीलाई महाशाखाले पक्राउ गरेको थियो । बेलुकाको ८ बजेदेखि १० बजेको समयमा धर्मराजले ईन्स्पेक्टर भण्डारीसँगै हिरासत कक्षमा गएर घटनाको जिम्मा नलिए थुना मुक्त भएपछि तेरो बलात्कार गरेर हत्या हुनसक्छ भन्दै धम्क्याउने गरेका थिए । उक्त घटनाको साक्षी हिरासतमा रहेका अन्य व्यक्ति पनि भएको स्रोत बताउँछ । ईन्स्पेक्टर भण्डारीले आफू पूर्वमन्त्री हस्तबहादुर मल्लको मीतछोरा भएको र मुद्दा शाखामा कार्यरत प्रहरी नायब निरीक्षक पनि आफ्नो नातेदार रहेको भन्दै कमला खरेल भण्डारीमार्फत् हत्याको आरोपित बिष्णुमाया मल्लको भिनाजु राजबहादुर शाहीलाई मुद्दा मिलाईदिने भन्दै प्रभावमा पारेका थिए ।
ईन्स्पेक्टर भण्डारीको प्रभावमा परेर राजबहादुर शाहीले जेठानको जेठीसासु कमला खरेल भण्डारीलाई दश लाखको चेक, दश लाख नगद र पटक–पटक गरेर तीन लाख नगद गरी जम्मा २३ लाख दिएका थिए । उनले उक्त पैसा लण्डनमा रहेको नाताले जेठानी पर्ने दमन्ता खरेलसँग मगाएका थिए । तर, हत्या अभियुक्त चार जनालाई नै जिल्ला अदालत काठमाडौंले मुद्दा पुर्पक्षको लागी थुनामा राख्ने आदेश दिएपछि घुस प्रकरणको रहस्य खुलासा भएको हो ।

सुरुमा भेट्न आनाकानी गरेका भण्डारीले शाहीलाई बृत्तमा नभेटी बाहिर भेटेका थिए । सो भेटमा आफूले पैसा नखाएको खाएको प्रमाणित भए झुण्डिएर मर्ने भन्दै कमलालाई पक्राउ गर्ने भण्डारीले बताएका थिए । 



ईन्स्पेक्टर भण्डारीले कमला खरेल भण्डारीमार्फत् उक्त पैसा लिएका थिए । यस मुद्दामा बिचौलियाको भूमिका निर्वाह गरेकी कमलाले शाहीसँग २३ लाख पैसा बुझेपनि प्रहरीलाई कति बुझाइन् भन्ने कुरा अहिलेसम्म खुल्न सकेको छैन । आफ्ना चारजना नातेदार नै पुर्पक्षको लागी थुनामा परेपछि शाहीले कमलासँग २३ लाख रुपैयाँको हिसाब–किताब मागेका थिए । तर, कमलाले प्रहरी, वकिल र अदालत मिलाउँदैमा सकियो भन्दै सम्पर्कबिहीन भएपछि शाही वृत्तका ईन्स्पेक्टर भण्डारी भेट्न पुगे ।
सुरुमा भेट्न आनाकानी गरेका भण्डारीले शाहीलाई बृत्तमा नभेटी बाहिर भेटेका थिए । सो भेटमा आफूले पैसा नखाएको खाएको प्रमाणित भए झुण्डिएर मर्ने भन्दै कमलालाई पक्राउ गर्ने भण्डारीले बताएका थिए ।
भेटघाटको क्रममा कमलाले पैसा लिएको बैंक स्टेट्मेन्टसमेत शाहीले देखाएका थिए । भण्डारीले तत्काल कमलालाई पक्राउ गर्ने आश्वासन दिए पनि उनी आफैँ ६ दिनपछि बिदामा बसेका थिए ।
कमलालाई खोज्नु त परै जाओस् लोकन्थलीबाट डेरा सर्न लगाएर गायब बनाएको आरोपसमेत यतिबेला ईन्स्पेक्टर भण्डारीलाई लागेको छ । भण्डारीको नियतमा शंका लागेपछि शाही वृत्तका डिएसपी फणिन्द्र प्रसाईको शरणमा पुगे । तर डिएसपी प्रसाईले सबै प्रमाण हेरे पनि उक्त २३ लाख काण्डलाई हल्का रुपमा लिँदै उल्टै ढाकछोप गर्न खोजेपछि उक्त काण्डमा डिएसपी प्रसाईकोसमेत मिलोमतो रहेको पुष्टी हुन्छ ।
२३ लाख काण्डको हल्ला काठमाडौं परिसरदेखी आईजी सचिवालयसम्म पुगेपछि डिएसपी प्रसाईं भने गोप्य रुपमा पैसा फिर्ता गराउने योजनामा लागेका छन् । स्रोतका अनुसार डिएसपी प्रसाईले बिदामा बसेका भण्डारीलाई केही दिन अगाडी बोलाएर उक्त बिषयमा गोप्य छलफल गरेका थिए ।
डिएसपी प्रसाईले २३ लाख काण्डकी बिचौलिया कमला खरेल भण्डारीलाई नचिन्ने बताए पनि कमला भने डिएसपी प्रसाईको फेसबुकको ‘फ्रेन्ड लिस्ट’मा रहेकी छिन् । यति ठूलो काण्ड आफ्नो वृत्तमा चलेको प्रहरी सर्कलमा हल्ला चले पनि डिएसपी प्रसाई भने उक्त घटनाको छानबिन र प्रहरीलाई पैसा दिएको आरोप लगाउने कमलालाई पक्राउ गरेर अनुसन्धान गर्न भने चाहदैँनन् ।
२३ लाख काण्डको हल्ला काठमाडौं परिसरदेखी आईजी सचिवालयसम्म पुगेपछि डिएसपी प्रसाईं भने गोप्य रुपमा पैसा फिर्ता गराउने योजनामा लागेका छन् । स्रोतका अनुसार डिएसपी प्रसाईले बिदामा बसेका भण्डारीलाई केही दिन अगाडी बोलाएर उक्त बिषयमा गोप्य छलफल गरेका थिए । उक्त घटनाको जानकारी आईजी सर्वेन्द्र खनालको कानमा पुगेपछि महानगरीय आयुक्त कार्यालयले इन्स्पेक्टर भण्डारीलाई सोमबार दिउँसो आयुक्त कार्यालयमा तानेर छानबिन सुरु गरेको छ । – जनप्रहार साप्ताहिकबाट 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी