काठमाडौं – प्राइम कमर्सियल बैंकले आर्थिक वर्ष २०७५/७६को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार बैंकको खुद नाफा ३३.९१% ले वृद्धि गरि १ अर्ब ६ करोड ८ लाख ९७ हजार रुपैयाँ पुर्याएको छ । गत वर्षको यसै अवधिमा बैंकले ७९ करोड २२ लाख ५० हजार रुपैयाँ मात्र खुद नाफा गरेको थियो ।
बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमस: ५२.२४% र ३९.५२% वृद्धि गरेको छ । बैंकले खुद ब्याज आम्दानी १ अर्ब ७७ करोड २२ लाख ३ हजार रुपैयाँ र सञ्चालन नाफा १ अर्ब ५१ करोड १९ लाख १२ हजार रुपैयाँ पुर्यायको छ।
यता बैंकले ७६ अर्ब ७२ करोड ७० लाख ५७ हजार रुपैयाँ निक्षेप संकलन गरी ७२ अर्ब ६० करोड ४० लाख १७ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ३ करोड ३२ लाख ९९ हजार रुपैयाँ पुगेको छ भने जगेडा कोषमा ४ अर्ब २२ करोड १२ लाख ८ हजार रुपैयाँ जम्मा गरेको छ ।
यो दोस्रो त्रैमाससम्म आउंदै बैंकको खराब कर्जा १.४३% बढेर १.५८% पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी २६ रुपैयाँ ४१ पैसा र प्रतिसेयर नेटवर्थ १५२ रुपैयाँ ५५ पैसा रहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्